गायक जगतमर्दन थापाको ८२ वर्षीय उमेरमा निधन

संवाददाता
२२ मंसिर २०७७, सोमबार १२:५३

मकवानपुर । गायक जगतमर्दन थापाको ८२ वर्षीय उमेरमा निधन भएको छ ।

श्वासप्रश्वास सम्बन्धी समस्याका कारण केही दिनदेखि नर्भिक अस्पतालमा उपचारको क्रममा रहेका गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

१९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनका ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’ सहितका दर्जनौं गीत चर्चित छन् । उनको नयाँ एल्बमको तयारी भइरहेको थियो ।

उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*