अभिनेत्री श्वेता वैवाहिक जीवनमा बाँधिए

संवाददाता
२२ मंसिर २०७७, सोमबार १४:५०

मकवानपुर । अभिनेत्री श्वेता खड्का सोमबारबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् ।

विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*