विवाह बन्धनमा बाँधिए गायक रमेश प्रसाई

संवाददाता
२२ मंसिर २०७७, सोमबार १६:३६

मकवानपुर । गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । धरान नगरपालिका–१ स्थित उद्योग वाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको विवाह समारोहमा कालीकोटकी नन्दा सिंहसँग उनले लगनगाँठो कसेका हुन् ।

तीन वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । नेपाली परम्पराअनुसार विवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिन्थे ।

विवाह समारोहमा दुवैतर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।

राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश अहिले चर्चामा पछि छन् । उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भैरहेको छ ।

रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*