अगामी पुस १० देखि फिल्म हल सञ्चालन गर्ने

संवाददाता
२९ मंसिर २०७७, सोमबार १५:४९

मकवानपुर । आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने नेपाल चलचित्र संघको निर्णय रहेको छ ।

सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गर्दै विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको संघले जनाएको छ ।

कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*