पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाँदै कलाकार गजुरेल

संवाददाता
३० मंसिर २०७७, मंगलवार १३:१९

मकवानपुर । हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको विषयलाई लिएर सामाजिक संजालमा विभिन्न टिप्पणी समेत भइरहेका छन् ।

कलाकार गजुरेलले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै दोस्रो विवाहको चर्चा चल्दै गर्दा आफू पूर्वपत्नीबाट पनि पीडित भइरहेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘झन्डै ३ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गाली बेइज्जतीको क्रम रोकिएन ।’

सकिएको सम्बन्धको आधारहीन आरोप प्रत्यारोपले आफ्ना छोराछोरीलाई समेत ठुलो असर पर्न थालेको आफूले महसुस गरेको बताएका गजुरेलले सहनुको सीमा नाघेकोले आफूसँग कानुनी विकल्प बाहेकको बाटो नरहेको स्पष्ट पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*