गायक शोभराजको “कान्छी” छिट्टै आउँदै

संवाददाता
२१ पुष २०७७, मंगलवार १९:०७

मकवानपुर । हेटौंडाका गायक शोभराज तामाङको नयाँ गीतको म्युजिक भिडियो “कान्छी” दर्शक, स्रोतामाझ छिट्टै आउने भएको छ । गायक तामाङको “कान्छी” बोलको नयाँ गीतको छायांकन हाल हेटौंडाका विभिन्न स्थानहरुमा भइरहेको उक्त म्युजिक भिडियोका निर्देशक विशाल राज राईले बताएका छन् ।

युभाष श्रेष्ठ, निरु थिङ, दिपक तामाङको अभिनय रहेको गीतमा गायक तामाङकै शब्द संगीत रहेको छ भने गीतको भिडियोलाई विशाल राज राईले छायांकन, सम्पादन, निर्देशन गरेका छन् । यस अघि दुईवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिसकेका गायक तामाङको “सुन्दर शान्त” बोलको गीतको भिडियो दर्शकले निकै रुचाएका थिए ।

भिडियोमा थप नयाँ रोचक पक्षहरु समेत समेटिएको र आम दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको गायक तामाङले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*