चलचित्र समीक्षक समाजमा लामाको नेतृत्व

संवाददाता
१६ चैत्र २०७७, सोमबार १७:३२

मकवानपुर । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था पनि हो ।

पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई चयन गरेको छ ।

कार्यसमिति सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*