नयाँ वर्षमा हेटौंडामा “मि लोभी” को प्रदर्शन हुँदै

नवराज वाईबा
१९ चैत्र २०७७, बिहीबार १४:१६

मकवानपुर । नयाँ वर्ष २०७८ का दिन बैशाख १ र २ गते हेटौंडामा तामाङ कथानाक चलचित्र मि लोभी (आँखा लोभी) को प्रदर्शन हुने भएको छ । चलचित्र ओम्याक्स हलमा प्रदर्शन हुन लागेको ह्याङला मकवानपुर फिल्म प्रालिले जानकारी दिएको छ ।

ह्याङला मकवानपुर फिल्म प्रालिको दोस्रो प्रस्तुति स्वरुप आउँदै गरेको चलचित्रमा निर्देशक बाबु थिङको निर्देशन रहेको छ । आइसिं घलानको प्रस्तुति “मि लोभी” मा पटकथा ऋतुराज पाख्रिनको रहेको छ । एक्शन प्रधान, पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्मित चलचित्रले महत्वपूर्ण सन्देश दिने निर्देशक थिङले बताए ।

चलचित्रमा कलाकारहरु प्रकाश रुम्बा, सुशिल मोक्तान, विनोद तामाङ, सुष्मा थिङ, विन्दा थिङ, सम्झना रुम्बा मुख्य भूमिकामा रहेका छन् । यसैगरी कलाकारहरु राधिका स्याङतान, राजकुमार स्याङतान, राजु नेगी, भरत तामाङ, सन्तोष तामाङ, देव वाईबा, दावा तामाङ, श्यामबहादुर भ्लोन, दिवश भ्लोन, बिमला वाईबा, अमृता स्याङतानको चलचित्रमा अभिनय रहेको छ ।

“मि लोभी”मा नृत्य दिपक तामाङ, संगीत सुशिल मोक्तान, रविन्द्रकुमार चेपाङ, द्वन्द्व राजु किरातको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*