गायक शोभराज तामाङको म्युजिक भिडियो “कान्छी” युट्युवमार्फत सार्वजनिक

संवाददाता
३० चैत्र २०७७, सोमबार १९:५०

मकवानपुर । मकवानपुरे गायक शोभराज तामाङको नयाँ गीतको म्युजिक भिडियो “कान्छी” सोमबार युट्युवमार्फत सार्वजनिक भएको छ । आज पत्रकार सम्मेलन गर्दैै गायकको आफ्नै युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोको छायाङ्कन् मकवानपुरका विभिन्न रमणीय स्थानहरुमा गरिएको उक्त म्युजिक भिडियोका निर्देशक विशाल राज राईले बताएका छन् ।

युभाष श्रेष्ठ, निरु थिङ, दिपक तामाङको अभिनय रहेको म्युजिक भिडियोमा गायक तामाङकै शब्द संगीत रहेको छ भने गीतको भिडियोलाई विशाल राज राईले छायांकन, सम्पादन गरेका छन् । गायक तामाङले यस अघि दुईवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

भिडियोमा थप नयाँ आकर्षक, रोचक र रमणीय पक्षहरु समेत समेटिएकोमा आम दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको गायक तामाङले बताएका छन् । मकवानपुरका अग्रज गायक कृष्ण गोपाल सिंहबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*