पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित

संवाददाता
७ बैशाख २०७८, मंगलवार १०:४७

मकवानपुर । लगातार तेस्रो दिन सोमबार भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५६ हजार ८२८ जना संक्रमित फेला परेका हुन् ।

यही अवधिमा १ लाख ५४ हजार २३४ जना निको पनि भएका छन् ।  यसअघि १८ अप्रिलमा १ लाख ४३ हजार जना निको भएका थिए ।

भारतमा सोमबार १७ सय ५७ जनाको मृत्यु भएको छ यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पार भएको छ । भारतमा हालसम्म १ लाख ८० हजार ५५० जनाले ज्यान गुमाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*