भारतमा एकैदिन झण्डै ३ लाख संक्रमित थपिए, २ हजारभन्दा बढीको मृत्यु

संवाददाता
८ बैशाख २०७८, बुधबार ११:१३

मकवानपुर । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ६२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*