करणको ब्याटिङमा नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य

संवाददाता
९ बैशाख २०७८, बिहीबार १५:४१

मकवानपुर । करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*