भारतमा एकैदिन २६२४ जना कोरोना संक्रमितको मृत्यु

संवाददाता
११ बैशाख २०७८, शनिबार ११:०३

मकवापुर । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २६२४ जनाको मृत्यु भएको छ । यो संगै भारतमा मृत्यु हुनेको संख्या एक लाख ८९ हजार नाघेको छ । भारतमा हालसम्म मृत्यु हुनेको संख्या एक लाख ८९ हजार ५४४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ४६ हजार ७८६ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ६६ लाख १० हजार ४८१ पुगेको छ ।

त्यस्तै भारतमा हालसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै भारतमा हाल २५ लाख ५२ हजार ९४० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*