भारतको असममा ६.४ रेक्टर स्केलको भूकम्प

संवाददाता
१५ बैशाख २०७८, बुधबार १२:१०

भारतको असम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार असमको तेजुपर जिल्लाको सोनितपुरलाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान स्थानीय समयअनुसार ७ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको थियो । त्यसपछि ७ः५८ र ८ः०१ मा पुनः ४.३ र ४.४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

भारतीय सञ्चारमाध्यमहरुले भूकम्पका कारण चिरा परेका सडकका तस्बिर र भिडियोहरु प्रकाशित गरेका छन् । त्यस्तै भूकम्पले केही घरहरु पनि भत्किएको बताइएको छ । भूकम्पमा भौतिक संरचनाहरुमा क्षति पुगे पनि मानवीय क्षतिबारे अहिलेसम्म केही जानकारी आएको छैन । भूकम्पको धक्का असमका साथै अन्य पूर्वोत्तर भारतीय राज्यहरुमा पनि महसुस गरिएको थियो ।

भूकम्पको क्षतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालसँग कुरा गरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*