मुलुकमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु

संवाददाता
१९ बैशाख २०७८, आईतवार १६:५६

मकवानपुर । मुलुकमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो ।

उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*