हेटौंडामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

संवाददाता
२० बैशाख २०७८, सोमबार ०९:०७

मकवानपुर । हेटौंडामा कोरोना भाइरस संक्रमित २ जनाको मृत्युु भएको छ । आइतबार राती हेटौंडा -१ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । हेटौंडा अस्पतालको एचडियुमा उपचाररत उनको राती ९ : १७ मा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

यस्तै, सोमबार बिहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको अम्लेखगञ्जका ४६ बर्षीय पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए । आइतबार राति १२ बजे उपचारका लागी हेटौंडा अस्पताल ल्याइएका ती व्यक्तिको आज (सोमबार) बिहान मृत्यु भएको निरीक्षक चौलागाईले बताए ।

योसँगै कोरोना उपचारका लागि हेटौंडा अस्पतालले आइसियु संचालनमा ल्याएपछि मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*