मकवानपुरमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

संवाददाता
२० बैशाख २०७८, सोमबार १५:५७

मकवानपुर । मकवानपुरमा सोमबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार ८८ जनामा कोरोना संक्रमण परिक्षण गर्दा बारा जिल्लाका एक जनासहित मकवानपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६१ जना, मनहरी गाउँपालिकाका १ जना र बारा जिल्लाका एक जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*