हेटौंडामा खाद्यान्न र तरकारी पसल अब बिहान ८ बजेसम्म मात्र खुल्ने

संवाददाता
२१ बैशाख २०७८, मंगलवार १६:४३

मकवानपुर । मकवानपुरमा निषेधाज्ञ जारी भएको स्थानिय तहमा अब अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, तरकारी तथा फलफूल पसल बिहान ८ बजेसम्म मात्र खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सो बारे थप आदेश जारी गरिएको हो । यसअघि खाद्यान्न लगायत अत्यावश्यक पसल बिहान ९ बजेसम्म खुल्दै आएको थियो ।

आदेशको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*