हेटौंडा अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी हेटौंडा उपमहानगरबाट खटाइने

संवाददाता
२२ बैशाख २०७८, बुधबार १५:५२

मकवानपुर । हेटौंडा अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी हेटौंडा उपमहानगरबाट काजका रुपमा खटाइने भएको छ । जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले सो निर्णय गरिएको हो ।

यस्तै, हेटौंडा – ११ मा रहेको चुरे हस्पिटललाई कोभिड अस्पताल बनाउने समेत केन्द्रले निर्णय गरेको छ । आइसीयुसहित २५ बेडको कोभिड अस्पताल संचालनकालागि उपयुक्त देखिएकाले उक्त निर्णय गरिएको केन्द्रले जनाएको छ ।

यसैगरी, जिल्लामा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएको सवारी पास भएका सवारी साधनहरुलाई मात्र आवात गर्न दिने निर्णय गरिएको छ । स्थानिय तह लगायत अन्य निकायबाट जारी पासलाई मान्यता नदिने र रोक लगाउने केन्द्रले निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*