हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, थप बिरमी भर्ना गर्न नसकिने

संवाददाता
३१ बैशाख २०७८, शुक्रबार १७:१७

मकवानपुर । हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भएको जनाएको छ । अक्सिजनको अभावका कारण थप कोरोनाको बिरामीको उपचारमा समस्या उत्पन्न भएको अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको हो ।

आइसीयु र एचडीयुमा उपचाररत बिरामीकालागि जम्मा ३ घण्टालाई मात्रै पुग्ने अक्सिजन मौज्दात रहेको विज्ञप्तीमा भनिएको छ । अक्सिजनकालागि बाहिरी जिल्लाको भर पर्नु परेको र विहीबार साँझदेखि बाहिरबाट समेत आउन छाडेकाले अप्ठेरो परिस्थितिको सिर्जना भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*