जसपाद्वारा कोरोना संक्रमितलाई २९ क्रेट अण्डा सहयोग

संवाददाता
२४ जेष्ठ २०७८, सोमबार १६:१७

मकवानपुर । जनता समाजवादी पार्टी हेटौंडा – १५ वडा कमिटीद्वारा सोमबार वडाभित्रका कोरोना संक्रमित व्यक्तिहरुलाई पोषणकालागि २९ क्रेट कुखुराको अण्डा सहयोग गरिएको छ ।

वडाभित्रका संक्रमित व्यक्तिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै थप हौसला प्राप्त होस् भन्ने उद्देश्यले परिवारमै पुगेर सहयोग गरिएको जसपा हेटौंडा – १५ वडा कमिटीका अध्यक्ष हरि रुम्बाले जानकारी दिए ।

चुरियामाई स्वास्थ्य चौकीसँग समन्वय गर्दै सहयोग वितरण गरिएको कार्यक्रममा वडा अध्यक्ष महारत्न लामा, स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर ब्लोनसहितको उपस्थिति थियो ।

आगामी दिनमा पनि संक्रमितलाई यस किसिमको सहयोगमा निरन्तरता दिइने जसपाका वडा कमिटी अध्यक्ष रुम्बाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*