लिओनल मेस्सी बार्सिलोना पछि पीएसजीमा अनुबन्धित

संवाददाता
२७ श्रावण २०७८, बुधबार १२:०६

मकवानपुर । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीमा अनुबन्धित भएका छन् ।

पीएसजीले मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । पीएसजीमा अनुबन्ध भएपछि बोल्दै मेस्सीले आफ्नो लक्ष्य र पीएसजीको भिजनमा समानता रहेकोे तथा उत्कृष्ट खेलाडीसँगै केही नयाँ उद्देश्य पूरा गर्न चाहेको बताएका छन् ।

मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटक बालोन डी ओर जितेका मेस्सीले केही दिन अघि बार्सिलोना छोडेका थिए । सम्झौताका लागि उनी मंगलबार पेरिस पुगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*