विवेक श्रेष्ठले जिते युगल पोट्रेट फोटो प्रतियोगिताको उपाधि

संवाददाता
४ भाद्र २०७८, शुक्रबार १२:३३

मकवानपुर । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् ।

प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाको का वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*