तालिबानले घरघरमा विदेशी सेनाका लागि काम गर्ने मानिस खोज्दै

संवाददाता
४ भाद्र २०७८, शुक्रबार १३:४९

मकवानपुर । संयुक्त राष्ट्रसंघले तालिबानले यसअघिको सरकार र अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ ।

राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ ।

अहिले जारी गरिएको चेतावनीमा अहिले पनि धेरै मानिसलाई तालिबानले आफ्नो कालोसूचीमा राखेको र उनीहरु जोखिममा रहेको उल्लेख छ । उनीहरुले आफूलाई आत्मसमर्पण नगरेको अवस्थामा उनीहरुको परिवारका सदस्यलाई उनीहरुको सट्टामा पक्राउ र कारबाही गर्न सक्ने बताइएको छ ।

बिहीबार अफगानिस्तानको असादबादमा स्वतन्त्रता दिवसको क्रममा प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानले गोली चलाएको थियो । यो घटनामा दुई जनाको मृत्यु भएको थियो ।

त्यस्तै जलालबादमा पनि मानिसहरुले राष्ट्रिय झण्डाको समर्थनमा गरेको प्रदर्शनको क्रममा तालिबानले गोली चलाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*