काबुल विमानस्थलमा गोली चलाउँदा थप एक जनाको मृत्यु

संवाददाता
७ भाद्र २०७८, सोमबार १४:०९

मकवानपुर । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चल्दा एकजना अफगान गार्डको मृत्यु भएको छ ।

जर्मन सेनाका अनुसार विदेशी फौजमाथि एक जना अज्ञात बन्दुकधारीले गोली चलाएको हो । विमानस्थलको उत्तरी गेटमा भएको गोली हानाहानमा अरू तीन जना घाइते भएको जनाइएको छ ।

विमानस्थलमा खटिएका नाटो अधिकारीहरूले स्थिति नियन्त्रणमा रहेको र विमानस्थलका सबै गेट बन्द गरिएको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*