काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण

संवाददाता
१४ भाद्र २०७८, सोमबार १२:४५

मकवानपुर । अफगानिस्तानको काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ ।

अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ ।

अहिलेसम्म यो रकेट आक्रमण कसले गरेको हो भन्ने स्पष्ट भएको छैन । यसअघि आइतबार अमेरिकाले ड्रोन आक्रमणमा गरेको थियो । यो आक्रमणमा इस्लामिक स्टेट समूहको एयरपोर्टमा आत्मघाती आक्रमण गर्न आइरहेका व्यक्ति मारिएको अमेरिकी अधिकारीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*