अफगानिस्तानमा २० वर्षे अमेरिकी कारबाही अन्त्य, सेना पूर्ण रूपमा फिर्ता

संवाददाता
१५ भाद्र २०७८, मंगलवार ११:४१

संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको छ ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ ।

सेना फिर्ती अभियानको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए ।

अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मशीन गनबाट गोली चलाएर हर्षोल्लास गरेका थिए । (स्रोत : बीबीसी) ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*