भारतमा दैनिक कोरोना सङ्क्रमितको संख्यामा कमी

संवाददाता
२८ भाद्र २०७८, सोमबार १५:१६

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको संख्यामा लगातार कमी हुदै आएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा सोमबार बिहानसम्ममा कुल सङ्क्रमितहरुको संख्या तीन करोड ३२ लाख ६४ हजार १७५ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख््यामा पनि धेरै कमी आएको छ । भारतमा अहिले तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या ८० दिन पछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।

भारतमा अहिलेसम्म कुल तीन करोड २४ लाख ४७ हजार ३२ जना सङ्क्रमणमुक्त भएका छन् भने चार लाख ४२ हजार ८७४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारतमा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*