अमेरिकामाथि नेपालको ५ विकेटको सानदार जित

संवाददाता
२९ भाद्र २०७८, मंगलवार ११:५९

मकवानपुर । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा अमेरिकामाथि ५ विकेटको सानदार विजय हात पारेको छ । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा  गर्‍यो ।

अमेरिकामाथि नेपालको लगातार तेस्रो जित हो । लिग २ को पछिल्लो शृंखला २०२० को फेब्रुअरीमा काठमाडौंमा हुँदा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै न्युन स्कोर पनि हो । काठमाडौंमा नेपालले अमेरिकाविरुद्धका दुवै खेल जितेको थियो ।

ओमानमा जारी लिगमा कुशलले आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा ९३ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहितले ८७ बलको इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरे । पपुवा न्युगिनीसँगको दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा क्रमशः ४१ र ८६ रनको इनिङ्स खेल्दै रोहित अमेरिकासँगको खेलमा उत्रिएका थिए ।

नेपाल जितका बाबजुद ६ अंकसहित छैटौं स्थानमा यथावत् छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । नेपालले ५ र अमेरिकाले १३ खेल खेलेका छन् । १० खेलमा १६ अंक बोकेको घरेलु टोली ओमानसँग नेपालले मंगलबार दोस्रो खेल खेल्नेछ ।

नेपालबाट विक्रम सोब, सन्दीप लामिछाने र सुसन भारीले २–२ विकेट लिए । विक्रमले ६ ओभरमा ३३, सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ र सुसनले १० ओभरमा ३१ रन खर्चे । कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । अमेरिकाका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*