नेपालमा थप १ हजार ५६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १९को मृत्यु

संवाददाता
२९ भाद्र २०७८, मंगलवार १७:३१

मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्‍यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*