जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, पाँच घाइते

संवाददाता
२९ भाद्र २०७८, मंगलवार १८:०१

मकवानपुर । जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको खारा भन्ने ठाउँबाट कालीमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये बारेकोट गाउँपालिका–२ की अन्दाजी ४२ वर्षीय शान्ति रोकायाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार अर्का एक जनाको भने पहिचान नखुलेको र घर जुम्ला भएको आशंका गरिएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई दल्लीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गाडीमा कति सवार थिए भन्ने पनि स्पष्ट खुल्न सकेको छैन ।

गाडी सडकमै पल्टिएको प्रहरीले र दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*