रुपन्देहीका पत्रकार चौहानको मृत्यु

संवाददाता
३० भाद्र २०७८, बुधबार १०:४२

मकवानपुर । प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ ।

जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर दुई दशक देखि पत्रकारिता गर्दै आएका ४५ वर्षीय चौहानको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा लगिएको अवस्थामा गएराति मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीले जानकारी दिएको छ ।

चौहान नेपाल पत्रकार महासंघ रुरुपन्देहीका पूर्वकार्यसमिति सदस्य हुन् । लुम्बिनी साँस्कृतिक नगरपालिका–११ काठी नदी घर भएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् ।

चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*