चोरी मुद्दामा फरार हेटौंडाका एक पक्राउ

संवाददाता
३० भाद्र २०७८, बुधबार १२:०१

मकवानपुर । मकवानपुर प्रहरीले चोरी मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–३ बस्ने भुपाल थिङलाई सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१४ बाट पक्राउ गरेका हुन् ।

मकवानपुर जिल्ला अदालतको २०७७ पुस २४ गतेको फैसलाले चोरी मुद्दामा उनीविरुद्व १ महिना १५ दिन कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । फैसलापछि उनी फरार रहेका थिए ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएकोमा जरिवाना तिर्न नसकी जरिवाना बापतको कैद समेत गरी २ वर्ष १० महिना १५ दिन कैद भुक्तानको लागि कारागार कार्यालय भीमफेदी पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*