मकवानपुर प्रहरीद्वारा विभिन्न मुद्दामा फरार दुई व्यक्ति पक्राउ

संवाददाता
३० भाद्र २०७८, बुधबार १२:५१

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला अदालतको २०७२ पुस १२ गतेको फैसलाले सार्वजनिक अपराध मुद्दामा २ लाख ३७५ रुपैयाँ जरिवाना तोकिएकोमा फरार रहँदै आएका हेटौंडा उपमहानगरपालिका–१४ बस्ने लिलानाथ न्यौपाने पक्राउ परेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार सोही स्थानबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

यसैगरि, चोरी मुद्दामा फरार रहेका भीमफेदी गाउँपालिका–६ बस्ने मिलन स्याङ्तान पक्राउ परेका छन् । मकवानपुर जिल्ला अदालतको २०७८ बैशाख ८ गतेको फैसलाले उनीमाथि १० महिना ३ दिन कैद तोकिएको थियो ।

फैसलापछि फरार रहेका स्याङ्तानलाई ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*