सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो

संवाददाता
३० भाद्र २०७८, बुधबार १३:२४

मकवानपुर । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार ९० हजार १०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*