भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार सङ्क्रमित थपिए

संवाददाता
३० भाद्र २०७८, बुधबार १५:३६

मकवानपुर । भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार १७६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा कोरोना सङ्क्रमणका कारण २८४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको संख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । तीमध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*