चीनको सिचुआनमा शक्तिशाली भूकम्प : ३ जनाको मृत्यु, ६० जना घाइते

संवाददाता
३१ भाद्र २०७८, बिहीबार १३:४४

मकवानपुर । चीनको सिचुआनमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार बिहान सबेरै गएको भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएका छन् ।

घाइतेहरू सबैलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प गएको हो ।

चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायिक उद्धारकर्मीहरु परिचालन गरिएको र अन्य स्वयमसेवक तथा स्थानीय बासिन्दाहरु पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाएको छ ।

त्यसैगरी अरु चार हजार ६०० उद्धारकर्ताहरु तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । प्रारम्भिक विवरणका अनुसार ७३७ घरहरु भत्किएका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ ।

घर बाहेक अन्य भौतिक संरचनाहरुमा पनि क्षति पुगेको देखिएको छ । खोजी तथा उद्धारसँगै क्षतिको विवरण संकलन गर्ने कार्य पनि भइरहेकाले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*