बेलायतमा एकै दिन तीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

संवाददाता
३१ भाद्र २०७८, बिहीबार १४:०३

मकवानपुर । बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर वृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार बेलायतमा एकैदिनमा ३० हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यससँगै बेलायतमा कुल सङ्क्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा थप २०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*