भारतमा दैनिक कोरोना सङ्क्रमितको संख्यामा वृद्धि

संवाददाता
३१ भाद्र २०७८, बिहीबार १५:१९

मकवानपुर । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

बुधबारसम्म चार दिनसम्म एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएका थिए । ती बिहीबार भने त्यो संख्या बढेर ३० हजारभन्दा बढी भएको छ ।

सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५७० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या ३ करोड ३३ लाख ४७ हजार ३२५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख ४२ हजार ९२३ रहेको छ ।

यसैगरि, भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ३०३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड २५ लाख ६० हजार ४७४ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*