अमेरिकामा कोरोना सङ्क्रमित बालबालिकाको संख्यामा अत्याधिक वृद्धि

संवाददाता
५ आश्विन २०७८, मंगलवार १३:३९

अमेरिकामा कोरोना भाइरस सङ्क्रमित बालबालिकाको संख्यामा अत्याधिक वृद्धि भइरहेको छ । सोमबार प्रकाशित आँकडाका अनुसार देशभरिका कोरोना सङ्क्रमितमध्ये लगभग २६ प्रतिशत सङ्क्रमित बालबालिका रहेका छन् ।

द अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले दिएको जानकारी अनुसार गत हप्ता २ लाख २५ हजार ९ सय ७८ जना बालबालिका कोरोना भाइरसद्वारा सङ्क्रमित भएका छन् ।

महामारी सुरु भएदेखि बालबालिकामा देखिएको यो सङ्क्रमण दर दोस्रो सर्वाधिक हो । यसको अघिल्लो साता २ लाख ४३ हजार ३ सय ७३ बालबालिका सङ्क्रमित भएका थिए, जुन हालसम्मकै सर्वाधिक हो । कोभिड–१९ को खोप लगाउन नपाएका बालबालिका विद्यालय फर्कन थालेपछि सङ्क्रमितको संख्यामा अत्याधिक वृद्धि भएको हो ।

स्वास्थ्य विज्ञ तथा अधिकारीले खोपको विकास नभएसम्म बालबालिकालाई सुरक्षित राख्नुपर्ने कुरामा जोड दिएका छन् ।

एएपीले दिएको जानकारी अनुसार गर्मी महिनामा बालबालिका सङ्क्रमित हुने संख्यामा कमी देखिएको थियो तर हाल यसमा अत्याधिक वृद्धि देखिएको छ । पछिल्लो ४ हप्तामा ९ लाख २५ हजार बालबालिका सङ्क्रमित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*