एनएफपिजेको अध्यक्षमा वन्त र वरिष्ठ उपाध्यक्षमा खड्का चयन

संवाददाता
७ आश्विन २०७८, बिहीबार १०:५८

मकवानपुर । एनएफपिजे (राष्ट्रिय फोटो पत्रकार समूह) नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त र नवराज श्रेष्ठसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५ औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने केन्द्रीय कमिटीले २ जना केन्द्रीय सदस्य मनोनित गर्ने छ ।

राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिपोर्टस नेपालका मुकुन्द कालिकोटे रहेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरूमा नयाँपेजका प्रबिण कुलुङ राई, अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहाखवरकी शिला तिमिल्सिना , नेवा टाइम्सका रमिता छुँजु र प्रभाव दैनिकका प्रदीप कुमार श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ बाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरि खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल ,पर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा , संस्कृति सम्पदा तर्फ सोभा महर्जन र प्रदीप शाक्य र साहसिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*