काठमाडौं प्रहरीद्वारा करिब १९ लाख नगदसहित १३ जुवाडे पक्राउ

संवाददाता
७ आश्विन २०७८, बिहीबार १२:१३

मकवानपुर । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा केही महिला पनि रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ हजार ५०० नगद र ७ जोर तास बरामद गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरूबाट प्रति क्वाइन दश हजार ‘भ्यालु’ रहेका ४० वटा ग्रिन क्वाइन, ५०० भ्यालु भएका ८० वटा रेड क्वाइन र एक हजार भ्यालु भएका १४० वटा ब्ल्यु क्वाइन पनि बरामद भएको छ ।

पक्राउ परेका १३ जनालाई प्रहरी वृत्त बानेश्वरमा राखी अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*