एकीकृत समाजवादीको पदाधिकारी टुंगियो : सचिवमा रामकुमारी चयन

संवाददाता
७ आश्विन २०७८, बिहीबार १२:३४

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी टुंगिएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।

उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् ।

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*