पेस्तोल र गोलीसहित रौतहटबाट एक पुरुष पक्राउ

संवाददाता
७ आश्विन २०७८, बिहीबार १३:०२

मकवानपुर । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट दुर्गाभगवती गाउँपालिका–२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*