प्रतिस्पर्धाकै आधारमा पीपीए गर्नुपर्ने कुलमानको प्रस्ताव

संवाददाता
७ आश्विन २०७८, बिहीबार १३:२१

मकवानपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाकै आधारमा गर्नुपर्ने बताएका छन् ।

संसदको विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

अहिले प्राधिकरणले पहिले आउने आयोजनासँग तोकिएको दरमा पीपीए गर्छ । तर, अब प्रतिस्पर्धा गराएर कम मूल्यमा बिजुली दिने आयोजनासँग पहिले पीपीए गर्नुपर्ने प्राधिकरणको धारणा छ ।

प्राधिकरणले हाल ६ हजार मेगावाटभन्दा बढीको बिजुली किन्ने गरी पीपीए गरिसकेको छ । करिब ८ देखि ९ हजार मेगावाट बराबरका योजना प्राधिकरणमा पीपीए कुरिरहेका छन् । घिसिङले अब सस्तो दरमा बिजुली दिनसक्ने आयोजनासँग पहिले पीपीए गर्नुपर्ने अवस्था आएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*