मोबाइल चोरेको आरोपमा दुईजना पक्राउ

संवाददाता
७ आश्विन २०७८, बिहीबार १४:१५

मकवानपुर । मोबाइल चोरेको आरोपमा बर्दियाबाट दुईजना पक्राउ परेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।

बुधबार राति बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोबाइल चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मोबाइल चोरेर भाग्दै गरेको अवस्थामा इस्लाम दिनलाई प्रहरीले घटनास्थलबाट पक्रेको थियो । चोरीमा संलग्न मुसा कुरेसीलाई बढैयाताल गाउँपालिकाको भोलागौडी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ४ वटा मोबाइल बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*