मकवानपुरमा विहीबार थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

संवाददाता
७ आश्विन २०७८, बिहीबार १४:३३

मकवानपुर । मकवानपुरमा विहीबार थप २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १३४ जनामा गरिएको पीसीआर परीक्षणमा २५ जना र ५१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३ जना गरि थप २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हाल जिल्लामा सकिृय सङ्क्रमितको संख्या १९१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १८२ जना र संस्थागत आइसोलेसनमा ९ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*