विनियोजन विधेयक २०७८ राष्ट्रियसभाबाट बहुमतले पारित

संवाददाता
७ आश्विन २०७८, बिहीबार १५:३४

मकवानपुर । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको छ । विहिबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले पारित गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाएको थियो ।

प्रतिनिधिसभाबाट पारित भएपछि सन्देशसहित राष्ट्रियसभामा पठाइएको सो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ ।

राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेगरी सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*