थप १२३९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

संवाददाता
७ आश्विन २०७८, बिहीबार १७:४६

मकवानपुर । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय २९ जनामा गरिएको पीसीआर परीक्षणमा ९ सय ४१ जनामा र ३ हजार ६ सय १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ९८ जना गरी १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय २४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ रहेको छ । जसमध्ये १९ हजार ४ सय ३७ जना होम आइसोलेसनमा र १ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३ सय ४० जना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*