साहरुख खानका छोरा आर्यन खानसहित १० जना हिरासतमा

संवाददाता
१७ आश्विन २०७८, आईतवार १७:१९

मकवानपुर । शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए ।

हिरासतमा लिएका व्यक्तिहरुमा आर्यन खान, अरबाज मर्चेन्ट, मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त चोकर र गोमित चोपडा छन् ।

एनसीबीले यो घटनामा बलिउड तथा केही धनाढ्यहरुको समेत कनेक्शन भएपनि कानुन अनुसार निष्पक्ष छानबिन गर्ने बताएको छ । मुम्बइको ड्रग कन्ट्रोल स्कार्डले शनिबार मध्यरातमा अप्रेशन सुरु गरेको थियो । समुन्द्रको बीचमा एक क्रुजमा ड्रग पार्टी चलिरहेको सूचना पाएपछि एनसीबीले छापा मारेको हो ।

एनसीबीका कर्मचारीहरुले आर्यनसँग सोधपुछ चलिरहेपनि उनी क्रुजमा किन पुगेका थिए भन्ने नखुलेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*